नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सांसदहरूको जोड

लोकप्रिय

काठमाडौँ, वैशाख २२ गते ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले नीति तथा कार्यक्रम व्यवस्थित रहेको र संविधान कार्यान्वयनका क्रममा देखिएको कमीकमजोरी सच्याउने कुरा आउनु राम्रो पक्ष रहेको बताउनुभएको छ ।
सांसदहरुले सरकारले घोषणा गरेका विभिन्न विकासका परियोजनाहरूको समीक्षा गर्ने र सम्पन्न नहुने परियोजना खारेज हुने नीति सकारात्मक रहेको सांसदहरुले टिप्पणी गर्नुभयो ।
यस्तै सांसदहरुले रकम खर्च गरेर सम्पन्न नहुने परियोजना खारेज हुनुले दुरदृष्टि नीति लिइएको भन्दै यसको. प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
यस्तै सांसद नीतिगत पक्ष धेरै भएको र कार्यक्रमको पक्ष कमजोर रहेको, नीति तथा कार्यक्रममा व्यावसायिक जोखिम बीमा ल्याउने विषय समेटिनु स्वागतयोग्य भएको टिप्पणी गर्नुभयो ।
राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिसोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles