प्रअहरूका लागि साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ७ गते ।
हेटौँडा उपमहानगरपालिका विद्यालयका प्रधानाध्यापकहरूका लागि साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण बुधबार हेटौँडामासम्पन्न भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको आयोजनामा भएको अभिमुखीकरणमा नगरभित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सहभगिता रहेको थियो ।

तालिमको उद्घाटन गर्दै उपमहानगरपालिकाकि प्रमुख मीना लामाले बालबालिकालाई मोबाइलको दुरुपयोगबाट जोगाउनु चुनौती रहेको बताउनुभयो । हेटौँडामा अहिले साइबर दुरुपयोगका कारण बालबालिका फस्ने क्रम बढेको भन्दै उहाँले यसबाट जोगाउन विद्यालयले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका महाशाखाका प्रमुहहरुले सहजीकरण गरेका थिए ।

ताजा समाचार

Related Articles