वन प्राविधिक संघका पदाधिकारीको सपथ

लोकप्रिय

हेटौँडा, जेठ १५ गते ।
नेपाल वन प्राविधिक संघ, बागमतीको निर्वाचित प्रदेश कार्यसमितिका पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथ गराइएको छ ।

डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत तथा नेपाल वन प्राविधिक संघ, प्रादेशिक निर्चाचन समिति बागमतीका निर्वाचन अधिकृत राकेश प्रसाद चन्द्रवंशीले एक कार्यक्रमका बिच पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल, मन्त्रालयका प्रदेश सचिव डा. केदार बराल, वन निर्देशनालय बागमतीका प्रदेश वन निर्देशक विद्यानाथ झा, कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकायका डीन बासुदेव पोख्रेललगायतको उपस्थितिमा उक्त सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

नेपालको संविधान २०७२ लागू भएर संघीय संरचनामा गएपछि नेपाली वन प्राविधकहरूको पुरानो साझा संस्था नेपाल वन प्राविधिक संघको सातै प्रदेशमा प्रदेश कार्यसमितिहरूको पहिलो निर्वाचन सम्पन्न भएको हो ।

उत्तम चापागाईँको अध्यक्षतामा गठित नेपाल वन प्राविधिक संघ, बागमतीको ११ सदस्यीय कार्यसमिति निर्वाचितभएकको छ ।

कार्यक्रममा मन्त्री सिलवाल, मन्त्रालयका सचिव बराल, प्रदेश वन निर्देशक झा, वन विज्ञान संकायका डीन पोख्रेलले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

नव निर्वाचित कार्य समितिमा अध्यक्ष उत्तम चापागाईँ, उपाध्यक्ष न्हुच्छे कृष्ण श्रेष्ठ, सचिव हरि अधिकारी, सचिव दुर्गा चौधरी, कोषाध्यक्ष संघर्ष सक्षम मिश्र, सदस्यहरुमा टंक नारायण श्रेष्ठ, प्रकाश गुरूङ, विन्दु सुवेदी, सविना रिजाल, पार्वती विश्वकर्मा र अरूण कुमार कर्ण रहनुभएको छ ।

ताजा समाचार

Related Articles