नारायणहिटी दरवार संग्रहालय क्षेत्र निषेधित क्षेत्र घोषणा

लोकप्रिय

काठमाडौँ, जेठ १६ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नारायणहिटी दरवार संग्रहालय क्षेत्र वरपर शनिबारदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३क० बमोजिम काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधित क्षेत्र घोषणा गर्दै आदेश जारी गर्नुभएको हो ।

केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म  निषेधित क्षेत्र कायम गरिएको सिडिओ ऋषिराम तिवारीले शुक्रबार जारी गर्नु भएको आदेशमा उल्लेख छ ।

“स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा ut j}zfg २४ गतेको सूचना बमोजिमको निषेधित क्षेत्रका अतिरिक्त देहायको क्षेत्रमा zlgaf/ h]7 १७ गतेदेखि लागु हुने गरी cfufdL c;f/ २४ गते सम्मका लागि पाँच जनाभन्दा बढL व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।” आदेशमा भनिएको छ ।

ताजा समाचार

Related Articles