खासकुरा संवाददाता
हेटौँडा, जेठ १७ गते ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ शान्तिपुरस्थित जनता माध्यामिक विद्यालय परिसरमा नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । 

बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले शनिबार एक कार्यक्रमका बिच मन्दिरको उद्घाटन गर्नुभएको हो ।

उक्त मन्दिर दाताहरुको सहयोग सहित करिब छ लाख रुपियाँको लागतमा निर्माण गरिएको जनाइएको छ ।

मन्दिरको गजुर, सरस्वती माताको मूर्ति, झल्लर र मन्दिरमा घण्टा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं समाजसेवी चिजलाल श्रेष्ठले गर्नुभएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर रानाको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिना, बागमती गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष केशव तिमल्सिना, वडा नं. ७ का वड़ाध्यक्ष उत्तर बहादुर भोलन, विद्यालयका प्रधानाध्यपक वसन्त राई, नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाका सभापति शंकरकुमार पराजुलीलगायतको सहभागिता रहेको थियो ।




