राक्सिराङ्ग गाउँपालिकाद्वारा सभामुखको ध्यानाकर्षण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १८ गते ।
मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले बागमती प्रदेशका प्रदेश सभामुख भुवनकुमार पाठकलाई पालिकाको समस्याका बारेमा ध्यानाकर्षण गराएको छ ।

राक्सिराङ गाउँ कार्यपालिकाको कार्यालयले पालिका विविध समस्याहरुका बारेमा आइतबार राक्सिराङ गाउँपालिका आयोजित एक कार्यक्रममा सहभागी हुन पुग्नुभएका सभामुख पाठकलाई ध्यानाकर्षण गराएको हो ।

पलिकाका अध्यक्ष राजकुमार मल्लले मकवानपुरको उत्तर पश्चिमी भेगमा अवस्थित भौगोलिक रुपले विकट र आर्थिक सामाजिक रुपले पिछडिएको यस राक्सिराङ गाउँपालिका नेपालकै अति सिमान्तकृत जातिहरुमध्येको एक चेपाङ जातिको उल्लेख्य बसोबस भएको स्थानीय तह भएको बताउनुभएको ।

गाउँपालिकामा बसोवास गर्ने चेपाङहरुको सांस्कृतिक सम्पदाहरुको संरक्षण र उपयोग गर्दै उनीहरुको जीवनस्तरमा सकारात्मक उपलब्धि हासिल गर्न यस गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणाको माग भएपनि कार्यान्वयन भएको छ्रैन ।

संघीय सरकारसँग आवश्यक समन्वय एवम् प्रदेश कानुनमार्फत उक्त समुदायको विशेष संरक्षणको लागि आवश्यक कानुन तर्जुमा गर्ने कार्यमा सहजीकरण गर्न सभामुख पाठकसँग ध्यानाकर्षणपत्र मार्फत माग गरिएको छ ।

साथै धादिङ, मकवानपुर र चितवन जिल्लाका दुर्गम भेगका चेपाङ बस्ीतहरुको विकासमा प्रत्यक्ष सघाउ पु¥याउने मनहरी–खैराङ–मलेखु सडक खण्डको स्तरोन्नतिको लागि पहल गरी सहयोग गरिदिनुहुन सभामुख पाठकसमक्ष अध्यक्ष मल्लले बुझाउनुभएकको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सो अवसरमा प्रदेश सभाका उपसभामुख अपसरा चापागाई, गाउँपालिका उपाध्यक्ष वनस्थम थिङलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles