समितिका दुई सदस्यको सपथ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १९ गते ।
बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका नव नियुक्त दुई जना सदस्यलाई सपथ ग्रहण गराइएको छ ।

सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका नव नियुक्त सदस्यद्वय नेत्रराज पौडेल र निशा न्यौपानेलाई सहकारी तथा गरिबी निवारण मन्त्री मदु कमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

यही जेठ १३ गतेको बागमती प्रदेश सरकारको मन्त्री परिषद् बैठकले पौडेल र न्यौपानेलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

उक्त समिति पाँच सदस्यीय रहने व्यवस्था रहेकोमा यसअघिनै तीन जनाको नियुक्ति भईसकेको छ ।

ताजा समाचार

Related Articles