हेटौँडामा विश्व वातावरण दिवस मनाइयो

लोकप्रिय

हेटौँडा, जेठ २२ गते ।
हेटौँडामा विश्व वातावरण दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसद सिलवालले प्रदेश सरकार प्लाष्टिकजन्य प्रदूषण नियन्त्रणप्रति संवेदनशील रहेको बताउनुभएको छ ।
विश्व वातावरण दिवस–२०८२ को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौँडा उपमहानगरपालिकाको आयोजनामा बिहीबार हेटौँडामा भएको कार्यक्रममा उहाँले पछिल्लो समय वातावरण संरक्षण चुनौतीपूर्ण बनेको बताउनुभयो । वातावरण संरक्षणको महत्वको बारेमा चर्चा गर्दै उहाँले प्लाष्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्रदेश सरकारले अवलम्बन गरेका नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिरहेको बताउनुभयो ।
उहाँले वातावरण संरक्षणका लागि जनस्तरसम्म सचेतना फैलाउने कार्यमा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले हेटौँडालाई हरित, सफा र प्लाष्टिकमुक्त बनाउनेतर्फ नगरपालिकाको प्रतिबद्धता दोहो¥याँउदै वातावरण संरक्षण अभियानमा समुदाय, विद्यालय र युवा पुस्ताको सक्रियता आवश्यक भएको औँल्याउनुभयो । उहाँले वातावरण संरक्षणमा सबैपक्षको सहयोग र सहकार्य आवश्यकभएको जोड दिनुभयो ।

कार्यक्रमको समापन समारोह टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले टोल विकास संस्था, विद्यालय, सामाजिक संघसंस्थालगायतको सहकार्यबाट हेटौँडालाई २०८२ सालभित्रै प्लाष्टिकमुक्त बनाउने लक्ष्यमा पुग्न सकिने भन्दै सहकार्य र सहयोगका लागि आग्रह गर्नुभयो ।

कार्यक्रमा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, नगर उपप्रमुख राजेश बानिया, नेकपा एमाले मकवानपुरकी सीता विष्ट, वडा अध्यक्षहरूसबिन न्यौपाने, विष्णु गोपाल महर्जन, नवीन सिग्देल, रामकृष्ण थापा, फुर्बा दोर्जे लामा, जुना दाहाल, उद्धव सत्याल, अनिल कुमार बानिया, र नरनाथ सुवेदीलगायतको उपस्थिति थियो ।
कार्यक्रम पूर्वभएको ¥यालीमा प्रथम हुने कालिकामाई टोल विकास संस्था २० हजार, द्वितीय हुने मनकामना ‘ख’ टोल विकास संस्थालाई १५ हजार, तृतीय हुने विकास टोल विकास संस्था, हेटौँडा–८ लाई १० हजार तथा सान्त्वना पुरस्कार वापत सिमलटार टोल विकास संस्थाहेटौँडा–११ र तपोवन टोल विकास संस्था,हेटौँडा–१९ लाई पाँच -पाँच हजार रुपियाँ नगर प्रदान गरिएको थियो ।

यस्तै र्‍यालीमा विद्यालयतर्फ प्रथम हुने सिद्धार्थ मा.वि.लाई १५ हजार, द्वितीय हुने आधुनिक राष्ट्रिय मा.वि. लाई १० हजार, तृतीय हुने लक्ष्मी आधारभूत विद्यालयलाई सात हजार पाँच सय तथा भुटनदेवी मा.वि. र ज्ञानदा मा.वि. लाई सान्त्वना पुरस्कारवापत पाँच पाँच हजार रुपियाँ प्रदान गरिएको थियो ।

सो अवसरमा चित्रकला प्रतियोगिता, भिडियो प्रतियोगिता र पुनःप्रयोग सामग्री प्रतियोगिता आयोजना गरिएको थियो ।
हेटौँडाको सुन्दर वातावरण विषयक चित्रकला प्रतियोगितामा प्रथम आरोही राउत (जिएस निकेतन), द्वितीय दियाना उप्रेती (तासिर बोर्डिङ स्कुल), तृतीय प्रवेश श्रेष्ठ (ब्रम्हदिक एकेडेमी) तथा सान्त्वना समृद्धि जोशी (जिएस निकेतन), राघव राई (बालज्योति मा.वि.) र महेन्द्र मगर (सिद्धार्थ मा.वि.) हुनुभएको छ ।
‘यदि म मेयर भए’ हेटौँडा कसरी सफा र प्लास्टिक बनाउँथे विषयक भिडियो प्रतियोगितामा प्रथम इतिश अधिकारी (नवोदय बोर्डिङ स्कुल), द्वितीय आकांक्षा निरौला (जिएस निकेतन), तृतीय आशी बनियाँ हुनुभयो ।
पुनःप्रयोग सामग्री प्रतियोगितामा प्रथम नवोदय शिशु सदन, द्वितीय आधुनिक राष्ट्रिय मा.वि., तृतीय भुटनदेवी मा.वि. तथा सान्त्वना तुलसी मेहर, प्रगति मा.वि. र सिद्धार्थ मा.वि. भएको थियो ।

ताजा समाचार

Related Articles