समाज परिवर्तनमा सञ्चारकर्मीको महत्वपूर्ण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २४ गते । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले समाज परिवर्तनमा सञ्चारकर्मीको महत्वपूर्ण रहँदै आएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना एवम् हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शनिबार हेटौँडामा भएको सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चुनौती र अवसर विषयक कार्यशाला गोष्ठीमा नगर प्रमुख लामाले सबै पक्ष जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय देश र समाजप्रति हेर्न दृष्टिकोणमा नकारात्मक भावना बढेको भन्दै सञ्चारकर्मीहरुले सत्य र तथ्यपूर्ण सामाग्री दिनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारहरु अहिले पनि सुरक्षित रहेको भन्दै पत्रकार सुरक्षाका लागि राज्यमाथि दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा आउने नसकेको चर्चा गर्दै सञ्चारकर्मीहरुले पत्रकार आचारसंहिता पालना गरेर काम गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले रचनात्मक पत्रकारिता, एआईले निम्त्याउने चुनौति र यसका सकारात्मक पक्षहरू विषयमा तथा पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र विपद् पत्रकारिता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, पत्रकार महासंघ बागमती प्रदेशका सस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईंलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles