खासकुरा संवाददाता
हेटौँडा, असार ८ गते ।
नारायणी नदीले बगाएर ल्याएको एक व्यक्तिको प्रहरीले आइतबार जिवितै उद्धार गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं. ३ स्थित नारायणी पुल मुनिबाट बगाउँदै ल्याएको व्यक्तिलाई उद्धार गरिएको बागमती प्रदेश विपद् व्यवस्थापन बेस चितवनले जनाएको छ ।

नाम, ठेगाना नखुलेका करिब ५० वर्षीय पुरुष व्यक्ति नारायणी नदीको पुल मुनिबाट बगाउँदै ल्याएको जानकारी प्राप्त भएपछि बागमती प्रदेश विपद् व्यवस्थापन बेस चितवनबाट प्रहरी नायव निरीक्षक .अर्जुन पौडेलको नेतृत्वमा छ जना विपद व्यवस्थापनसहितको प्रहरी टोली निजलाई अचेत अवस्थामा उद्धार गरेको हो ।

ती पुरुष व्यक्तिलाई सकुशल उद्धार गरी चितवन जिल्ला सरकारी अस्पतालमा पठाइएको प्रहरीको भनाई छ ।




