शिक्षकलाई ट्राफिकसम्बन्धी प्रशिक्षण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ८ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम सम्पन्नभएको छ ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शिक्षकमार्फत ट्राफिकसम्बन्धी नियम बारेमा जानकारी गराउने उद्देश्यले उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूलाई लक्षित गरी ट्राफिक शिक्षक कार्यक्रम आयोजना गरिएको हो ।

हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुभएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेल, बागमती प्रदेश प्रहरी गण हेटौँडाका प्रमुख भीम किरण बोगटी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक विश्वराज खड्का, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका कार्यालय प्रमुख सन्तोष आचार्य, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका कार्यालय प्रमुख नरेशराज सुबेदीलगायतको उपस्थिति रहेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक बच्चु राम फुयालले स्वागत गर्नुभएको ट्राफिक शिक्षक कार्यक्रममा ७९ जना शिक्षकको सहभागिता रहेको थियो ।

शिक्षकहरुले आ–आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी कक्षा संचालन गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो ।

सहभागी शिक्षकहरु मध्येबाट लामो समयदेखि ट्राफिक नियम पालना गराउनमा योगदान गर्नुहुने जिल्ला मकवानपुर हेटौंँडा ७ का ट्राफिक प्रहरी–विद्यालय समन्वयकर्ता कन्चन शर्मालाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

ताजा समाचार

Related Articles