बागमती प्रदेशको आगामी आवको बजेट पारित

लोकप्रिय

हेटौँडा, असार २३ गते । बागमती प्रदेश सरकारको आगामी आवको बजेट बागमती प्रदेश सभाबाट पारित भएको छ ।
प्रदेश सभाको सोमबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले पेस गर्नुभएको विनियोजन विधेयक २०८२ बहुमतले र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ सर्वसम्मति स्वीकृत गरेको हो ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले विनियोजन विधेयक २०८२ बहुमतले र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ सर्वसम्म्तिले स्वीकृत भएको जानकारी दिनुभयो ।
यसअघि विनियोजन विधेयक २०८२ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ माथिको छलफलमा प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मुख्यमन्त्री कार्यालयलगायतका आयोग कार्यालयलगायतका विनियोजन विधेयकका विभिन्न शीर्षक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै समृद्धिका लागि सबै एक भएर जानुर्पेमा जोड दिनुभयो ।मन्त्रीहरुले मन्त्रालयगत शीर्षकमा उठेको प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
यस्तै प्रदेश सभाका सदस्यहरुले राख्नुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
आगामी आवको कार्यक्रम र योजनाहरु कार्यान्वयन गर्न आगामी आवको ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ बराबरको बजेट विनियोजन ल्याइएको छ ।
विनियोजित बजेटमध्ये चालु २६ अर्ब चार करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपियाँ रहेको छ ।

ताजा समाचार

Related Articles