भौतिक विकासका कार्य सम्पादन गरेको विवरण सार्वजनिक

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को कार्यालयले गत आर्थिक वर्ष २०८१/२०८२ वडाभित्र भए गरेका कार्यहरु विवरण सार्वजनिक गरेको छ ।
वडाध्यक्ष नवीन सिग्देलले हेटौँडा–४ को विभिन्न स्थानमा गत आर्थिक वर्षमा सम्पादन भएका कामहरु सार्वजनिक गर्नुभएको हो । वडाध्यक्ष सिग्देलले भौतिक निर्माणतर्फ बुद्वपथ कालोपत्रे सम्पन्न, रजतजयन्ति सडक कालोपत्रेको तयारी, हुप्र पूर्वी र वडा प्रहरी कार्यालय अगाडिको सडक कालोपत्रे कार्य अगाडि बढेको, फनडेरी रोड गर्दाेही भित्री सडक,  गर्दाेही ढलमा स्ल्याब निर्माणदेखि श्रमिक माविको भवन निमार्ण कार्य जारी, गिरी टोलको ढुवान मुक्त गर्न सडक र श्रमिक पार्कको स्तरीकरण गरिएको बताउनुभयो ।
पारदर्शिताका लागि भन्दै गत आवमा भौतिक र सामाजिक विकासका ६४ भन्दा बढी कार्य सम्पादन गरेको फेहरिस्त सार्वजनिक गरिएको छ ।
वडाको बजेटसँगै वडा कार्यालयको पहल र समन्वयमा संघीय, प्रदेश सरकार र उपमहानगरपालिकाबाट गत आर्थिक वर्षमा ती कार्यहरु सम्पादन गरिएको उहाँको भनाई छ ।
साथै सामाजिक विकासतर्फ हास्यव्यङ्ग्य गाईजात्रा प्रदर्शनीदेखि शिक्षा, खेलकुद, स्वास्थ्य, भाषा संस्कृतिको प्रवद्र्वन, लागू औषधविरूद्व अभियान, तालिमहरू, युवा, महिला, जेष्ठ नागरिक, बालबालिका लक्षित गतिविधिहरू गरेको उहाँले बताउनुभयो ।
यस्तै बुद्वपथको ढल निकास, बुद्वपथ भित्री सडकको अधुरो ढल निर्माण, प्रतिभानगर सडक पेटी र नगरविकास क्षेत्र सडक पेटी स्तरीकरण, सृजना पथको ढल निकास, आधुनिक राष्ट्रिय माविमा क्यान्टिन र पर्खाल निर्माणलगायतका कार्यहरु गत आवमा वडाभित्र सम्पन्न गरिएको विवरण सार्वजनिक गरिएको छ ।
सामाजिक रूपान्तरणको लागि सामाजिक अभियान, बालहिंसा, बालविवाह, छुवाछुतविरूद्व नगरस्तरीय नाटक प्रतियोगिता, दोस्रो राष्ट्रिय नवसर्जक महोत्सव–२०८१, खेलकुद महोत्सव–२०८१, हेटौँडा क्याम्पसका लागू औषधविरूद्व सचेतना कार्यक्रम, जेष्ठ नागरिक धार्मिक तथा पर्यटकीय भ्रमण, मेघा विद्यालय अध्ययन भ्रमणलगायतका कार्यसम्पादन गरिएको उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles