एक खर्ब २० अर्ब बढी राजस्व संकलन

लोकप्रिय

काठमाडौँ, साउन १ गते । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा १ खर्ब २० अर्ब बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रूपमा राजस्व सङ्कलन भएको अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले बताउनुभयो ।

चालू आर्थिक वर्षमा १३ खर्ब १५‍ अर्ब राजस्व सङ्कलनको लक्ष्य रहेको पनि राजस्व महाशाखा प्रमुख खत्रीले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles