हेटौँडा, साउन २२ गते । मुक्तक मञ्च मकवानपुरद्वारा आयोजित २६ औँ नियमित मुक्तक वाचन श्रृङ्खला तथा गोकर्ण लामा विशेष मुक्तक वाचन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा विशेष वाचक गोकर्ण लामाको मुक्तकहरूमाथि मञ्चका सल्लाहकार सानु खनालले विश्लेषणात्मक र सन्देशमूलक समिक्षा गर्नुभएको थियो ।
मञ्चका निवर्तमान अध्यक्ष डिवी बर्तौलाले मुक्तक सुनाउनुभएको कार्यक्रममा हास्यव्यङ्ग्यकार आर.सी. रिजाल, अग्रज साहित्यकार तुलसी घिमिरे, साहित्यसेवी मुक्ति गोविन्द वैद्य, सल्लाहकारद्वय दीपक गौतम र पुरुषोत्तम आचार्य, मसान उपासक, गौरी कँडेल, हास्यव्यङ्ग्यकार राजकुमार लामिछाने, चिरञ्जीवी लामिछाने, सानु भाइ विश्वकर्मा, सम्प्रस पौडेल, कवि छवि अनित्य, सुभाष खनाल, मुक्तककार भवानी तिमल्सिना, भावना सापकोटा, किसन पौडेल, राजबाबु पहाडीलगायतको उपस्थिति रहेको थियो।
मञ्चका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता तथा अग्रज मुक्तकार देवराज खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मञ्चका कोषाध्यक्ष मिथिला अधिकारीले स्वागत गर्नुभएको थियो ।
