खासकुरा संवाददाता
हेटौँडा, भदौ ६ गते । शुक्रबार दिउँसोबाट परेको लगातारको वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथ अवरुद्ध भएको छ । 
त्रिभुवन राजपथको हेटौँडा–भैंसे सडक खण्डमा पर्ने भीमफेदी गाउँपालिका–१, बाघझोरामा गिट्टी बालुवा सहितको भलपानी आउँदा शुक्रबार दिउँसो ३ः१० बजेबाट सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक विभागसँग समन्वय गरी सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका–८, भ¥याङडाँडा सडक खण्डमा ढुंगामाटोसहितको पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पहिरोका कारण शुक्रबार साँझबाट बन्दभएको उक्त सडक सडक विभागसँग समन्वय गरी सडक खुलाउने प्रयास भए पनि वर्षा नरोकिएकाले तत्काल मार्ग सुचारु गर्न समस्या भएको प्रहरीको भनाई छ ।




