काठमाडौँ, असोज ५ गते । गत भदौ २३ र २४ गते भएको प्रदर्शनीका क्रममा सार्वजनिक तथा निजी भौतिक संरचनाहरुमा पुगेको क्षतिको आकलन तथा लेखाजोखाका लागि छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बसेको सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ।
आइतबार बसेको उक्त बैठकले क्षति आकलनका लागि मानक प्रारुप तयार गर्न, क्षतिको विवरण संकलनका लागि उपयुक्त र द्रुत माध्यमको निर्क्योल गर्न प्राधिकरणका प्राविधिक सहसचिव ईन्जिनियर अमृत श्रेष्ठको संयोजकत्वमा एक प्राविधिक समिति गठन गरेको छ।
समितिमा राष्ट्रिय योजना आयोग, शहरी विकास तथा भवन निर्माण विभाग, पुरात्व विभागका प्रतिनिधि सदस्य रहनेछन्। त्यसैगरी, नेपाल इन्जिनियर्स एशोसिएसन, स्ट्रक्चरल इन्जिनियर्स एशोसिएसन नेपाल, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स, सोसाइटी अफ मेकानिकल इञ्जिनियर्स नेपाल, भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपालका एक-एक जना प्रतिनिधिहरु रहेका छन्।

बैठकले क्षति भएका सरकारी र निजी भवनहरुमा प्रवेश गर्दा वा पुन: प्रयोग गर्दा थप मानवीय क्षति हुनसक्ने भएकोले प्राविधिक परीक्षण गरी/गराई सुरक्षित भएको सुनिश्चित भएमा मात्र प्रयोगमा ल्याउन सरोकारवालामा अनुरोध गर्ने निर्णय गरेको छ। साथै, बढी क्षति भएका संरचनाहरुको संरचनात्मक अखण्डता मूल्याङ्कन (Structural Integrity Assessment) नगरी रंग रोगनलगायतका कार्यहरुसमेत नगर्न, नगराउन आग्रह गर्ने निर्णयसमेत भएको छ।
गत भदौ ३१ गतेको सचिव बैठकले क्षतिग्रस्त संरचनाहरुको आपत् पश्चात आवश्यकता मूल्याङ्कन (
Post Disaster Need Assessment) को कार्य राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा अघि बढाउने निर्णय गरेको थियो।
Post Disaster Need Assessment) को कार्य राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा अघि बढाउने निर्णय गरेको थियो।
प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकमा गृह मन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल, अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारी, पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग लगायतको उपस्थिति थियो।
त्यसैगरी, बैठकमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुख संजय उप्रेती, थापाथली क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.रामप्रसाद न्यौपाने, नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ र प्राविधिक समितिमा रहेका संघ-संस्थाका पदाधिकारी तथा प्रतिनिधिस्तरबाट समेत सहभागिता थियो।