निर्माण व्यवसायीले आफूलाई परिवर्तन गरेर काम गर्नुपर्छः अध्यक्ष सिंह

लोकप्रिय

हेटौँडा, असोज ६ गते । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले अब फरकढङ्गले काम गर्नु पर्ने बताउनुभएको छ ।
उहाँले निर्वानचन गर्ने, सुशासनको प्रत्याभूति दिने, भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारीसहित वर्तमान सरकार आएको भन्दै निर्माण व्यवसायीले भ्रष्टाचार अन्त्य गर्न नेतृत्व गर्नु पर्ने र आफूलाई परिवर्तन गर्दै काम गर्नु पर्ने बताउनुभयो । ।
निर्माण व्यवसाय संघ मकवानपुरको हेटौँडा उपमहानगरपालिका ४ मा निर्माण हुने बहुउद्देश्यीय भवनको सोमबार शिलान्यास गर्दै उहाँले जनक्रान्तिबाट आएको वर्तमान नागरिक रकारलाई सहयोग गर्नु उद्योग व्यवसायीको दायित्व भएको बताउनुभएको छ ।
नीतिगत रुपमा निर्माण महासंघ र निर्माण व्यवसायीलाई विशिष्टीकरणा गर्नु पर्ने उहाँको भनाई छ ।
बद्लिदो परिवेश अनुसार निर्माण व्यवसायीले आफुलाई ढाल्नु पर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, यो सडकबाट बनेको सरकारले विशेष जिम्मेवारी पाएको छ, त्यो अनुसार मुलुकलाई भ्रष्टारचारमुक्त बनाउने हो, सुशासन दिने र निर्वाचन गराउने ।
उहाँले अगाडि भन्नुभयो, त्यो प्रतिबद्धता क्रान्तिबाट आएको सरकारले पूरा गर्छ भन्ने प्रतिबद्धताका साथ हामी अगाडि बढ्नुपर्छ हामीले यो सरकारलाई सफल बनाउन सहयोग गर्नुपर्छ ।
उहाँले आफू अध्यक्ष भएर आएपछि महासंघ र निर्माण व्यवसायलाई गुण्डामुक्त गरेको जिकिर गर्दै निर्माणको काम १५ प्रतिशतभन्दा बढी घट्ने कार्य निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष ईन्जिनियर आङदोर्जी लामा (एडी) ले भवन निर्माण नभएका निर्माण व्यवसायीको जिल्ला संघको भवन निर्माणमा सहयोग गर्ने नीति अनुसार आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा निर्माण संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले संघको आयश्रोत समेतका लागि साढे चार करोडको लागतमा पाँच तले बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा बागमती निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्र बहादुर तामाङ, उपाध्यक्ष राजकुमार बुढाथोकी, निर्माण व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्ष हरिबंश बर्ताैला, प्रथम उपाध्यक्ष भवनाथ अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले निजी क्षेत्रको संरक्षण र सुरक्षा गर्नु सरकारको दायित्व भएको बताउनुभयो ।

ताजा समाचार

Related Articles