वडा कार्यालयलाई कम्प्युटर सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज ९ गते । जेनजी प्रदर्शनीका क्रममा क्षति गरिएका हेटौँडा उपमहानगरपालिकाका वडा नं. ३, ४, ११ र १९ वडा कार्यालयलाई टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाले कम्प्युटर प्रदान गरेको छ ।
वडा कार्यालयहरुबाट सेवा प्रवाह सहज रुपमा सुचारु गर्न वडा कार्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।
प्रदर्शनीबाट भएको क्षतिले दैनिक सेवा प्रवाहमा अवरोध पुगेको अवस्थामा कम्प्युटर प्रदानलेसेवा सुचारु गर्न टेवा पुग्ने विश्वास गरिएको संस्थाका अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिनुभयो ।
वडाध्यक्षहरुले प्रदर्शनीबाट उपकरण क्षति भई सेवा प्रवाहमा समस्या भएको सन्दर्भमा नागरिकलाई छिटोछरितो सेवा दिन कम्प्युटर सहयोग पुग्ने जनाएका छन् ।

ताजा समाचार

Related Articles