जोखिमलाई मिलेर पार गर्नुपर्छ : प्रधानमन्त्री कार्की

लोकप्रिय

काठमाडौँ, असोज १८ गते । प्रधानमन्त्री सुशीला कार्कीले सम्भाव्य विपद्को जोखिमको आँकलन गर्दै सरकारले देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभएको छ । शनिवार नेपाल टेलिभिजनमार्फत दिनुभएको भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले सम्भाव्य विपद्को जोखिमको आँकलन गर्दै सरकारले भोलि १९ र पर्सी २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभएको हो ।

उहाँले सरकारले नागरिकको कठिनाइ बुझ्ने बताउनुहुँदै एक्लो महसुस नगरी जोखिमलाई मिलेर पार गर्नुपर्ने पनि उल्लेख गर्नुभएको छ । “राज्यका सम्पूर्ण स्रोतहरू आज तपाईँहरूसँग छन्। हामी यो जोखिमलाई मिलेर पार गर्नेछौँ।” प्रधानमन्त्रीले भन्नुभएको छ ।

उहाँले  प्रहरी र अन्य विपद् व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरूलाई ध्यान दिँदै जहाँ जुन अवस्थामा भए पनि सुरक्षित रहन र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले अत्यावश्यक नभएसम्म यात्रा नगर्न पनि अनुरोध गर्नुभएको छ ।

ताजा समाचार

Related Articles