प्रेस युनियन मकवानपुरले प्रदान गर्ने पुरस्कारको राशि बढ्यो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज २६ गते ।
हेटौँडा, असोज २६ गते । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको राशि ५० हजार रुपियाँ पु¥याइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा पुरस्कारका सहयोगी चिरञ्जीबी ढकालले हेटौँडामा प्रेस युनियन मकवानपुरका पदाधिकारी तथा सदस्यहरुसँगको छलफलमा आगामी वर्षदेखि पुरस्कार राशि ५० हजार रुपियाँ पु¥याउने घोषणा गर्नुभएको हो ।
यो घोषणासँगै मकवानपुरबाट पत्रकारिता क्षेत्रमा प्रदान गरिने सर्वाधिक नगद राशिको पत्रकारिता पुरस्कार हुने भएको छ । यसअघि उक्त पुरस्कारको राशि १५ हजार रुपियाँ रहेको थियो । यस पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मान गरिएको थियो ।
सो अवसरमा पुरस्कार राशि दाता हेटौँडा घर भई हाल बेलायतमा बस्दै आउनुभएका ढकालले पत्रकारहरुलाई संगठित गर्दै व्यावसायिक र लोकतन्त्रप्रतिको निष्ठालाई अझ सबल बनाउनुपर्ने बताउनुभयो ।
उहाँले पत्रकाररिता क्षेत्रको विकासका लागि आफूले बेलायतमा रहेर पत्रिका प्रकाशनदेखि पत्रकारिता क्षेत्रको पुरस्कार स्थापना र वितरणमा सहयोग गर्दै आएको बताउनुभयो ।
प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले पत्रकारिता पुरस्कारको राशि क्रमशः बढाउँदै लैजाने ढलकालको प्रतिबद्धता अनुसार राशिमा वृद्धि गरिएको भन्दै यसले मकवानपुरको पत्रकारिता क्षेत्रको सस्ंस्थागत र मर्यादित पत्रकारितामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पुरस्कारले पत्रकारिता क्षेत्रका लाग्न प्रोत्साहितसँगै व्यवसायिक पत्रकारितामा सहयोग पुग्ने बताउनुभयो ।
युनियनले यस पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिने छ ।
युनियनले यस बाहेक तीनवटा पुरस्कार प्रदान गर्दै आएको छ ।

ताजा समाचार

Related Articles