आइसीसी विश्वकप क्रिकेट लिग–२ को टोली घोषणा

लोकप्रिय

काठमाडौँ, कात्तिक १ गते । नेपाल क्रिकेट संघ (क्यान)ले यूएईमा हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ शृंखलाकाका लागि नेपाली टोलीको घोषणा गरेको छ । लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृंखलाका लागि क्यानले शनिबार नेपाली टोलीको घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको टिमबाट भर्खरै ओमानमा सकिएको विश्वकप छनोटमा समेटिएका तीन खेलाडी बाहिरिएका छन् । क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई हटाएर टिममा भीम सार्की, शाहब आलम र अनिल साह समेटेको हो । लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म यूएईमा हुँदैछ । 

ताजा समाचार

Related Articles