शान्ति सुरक्षाको अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २० गते । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मकवानपुरका नवआगन्तुक प्रजिअ अधिकारीले बिहीबार संचारकर्मीहरुसँगको छलफलमा जिल्लाको शान्ति सुरक्षालाई सुदृढ बनाउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

उहाँले आफू नीति, कानुन र विधिमा रहेर कार्य गर्ने भन्दै नागरिक खुशी हुने गरी आवश्यक कामहरु गर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय शान्ति सुरक्षाको अवस्था तरल रहेको छ, नागरिक र सुरक्षाकर्मीको मनोबल बढाउने गरी काम गर्नुपर्ने हुन्छ उहाँले भन्नुभयो आगामी फागुन २१ मा हुने निर्वाचनलाईसमेत लक्षित गरी सुरक्षा योजना बनाएर काम गछौँ ।

उहाँले शान्ति सुरक्षालगायतका सवालका सूचना र सुझाव लिएर काम गर्ने भन्दै उहाँले जिल्लामा हुने लागू औषधलगायतका अवैध गतिविधि न्यूनीकरण गर्न आफूहरू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक सुवासचन्द्र बोहराले आपराधिक घटना नियन्त्रणसँगै शान्ति सुरक्षाको वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
छलफलमा पत्रकारहरूले जेनजी आन्दोलनपछि जिल्लाको शान्ति सुरक्षा कमजोर भएको र जिल्लामा लागू औषध, ढुङ्गा, गिट्टी, बालुवा अनि काठ तस्करीलगायतका घटना बढेकोले नियन्त्रण गर्न आग्रह गरेका थिए ।

ताजा समाचार

Related Articles