काठमाडौँ, कात्तिक २७ गते । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।

आज बिहान महानगरपालिकाले ती संरचनामा डोजर चलाएको हो । महानगरपालिकाले स्काउटको जग्गामा बनाइएको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका संरचना लामो समय भाडा नतिरेपछि भत्काएको हो ।

महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न लागेको खेलकुदमन्त्री मन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ। नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई पटकपटक ताकेता गरेको थियो । तर भाडा तिर्न कम्पनीले अटेर गर्दै आएको थियो । पछिल्लोपटक सात दिने अल्टिमेटम दिएर भाडा तिर्न भनिए पनि नतिरेपछि महानगरपालिकाले डोजर लगाएको हो ।




