बागमतीका उद्योगमा बाह्र खर्बभन्दा बढी औद्योगिक कर्जा

लोकप्रिय

काठमाडौँ, कात्तिक २७ गते । बागमती प्रदेशमा सञ्चालित उद्योगमा १२ खर्ब रुपियाँभन्दा बढीको ऋण लगानी भएको छ । गत असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले बागमती प्रदेशका उद्योगमा प्रवाह गरेको कर्जा १३.८ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा ११.५ प्रतिशतले वृद्धि भई १० खर्ब ६३ अर्ब ९४ करोड रुपियाँ पुगेको थियो ।

नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ मा आधारित ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ का अनुसार बागमती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३६.४ प्रतिशत छ ।

औद्योगिक कर्जामध्ये काठमाडौँ जिल्लामा सबैभन्दा बढी ११ खर्ब १९ अर्ब ३० करोड रुपियाँ (९२.४ प्रतिशत) र सबैभन्दा कम रसुवा जिल्लामा १३ करोड (०.०१ प्रतिशत) रुपियाँ कर्जा लगानी छ  । अधिकांश औद्योगिक प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौँमा रहेकाले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौँमा देखिएको सो अध्ययनले देखाएको छ ।

ताजा समाचार

Related Articles