काठमाडौँ, मङ्सिर २ गते । झापाका मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ । उहाँलाई गएराति भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समाजलाई भड्काउने उच्छृंखल अभिव्यक्ति दिएकोले सार्वजनिक शान्ति विरुद्धको कसुरमा प्रसाईँलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिनुभयो । प्रहरीले आफ्ना पर्चा जफत गरेको भन्दै प्रसाईँले प्रहरीविरुद्ध पनि अभिव्यक्ति दिएको अवस्थामा प्रसाईँ पक्राउ परेका हुन् ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउन प्रसाईलाई अदालतमा पेश गरिने प्रहरी प्रवक्ता काफ्लेले बताउनुभयो ।




