काठमाडौँ,पुस ७गते । नियमित खोपमा आर्थिक वर्ष २०८१,८२ मा देशभरका ७७ जिल्लाहरू पूर्णखोप सुनिश्रितताको दिगोपना घोषणा भएका छन् । १६ देखि २३ महिनाको उमेरसम्मका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोपको पूर्णमात्रा पाएको सुनिश्रित गर्दै पूर्ण खोप सुनिश्रितता तथा दिगोपना घोषण गरिन्छ ।

सरकारले २०३४ सालदेखि खोप अभियान सुरु गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनका डा.पवन उपाध्यायले खोप कार्यक्रम सञ्चालन गर्न सुरु गरेदेखि बाल मृत्युदर घट्दै गएको दाबी गर्नुभयो । उहाँले भन्नुहुन्छ,“खोप अभियान सञ्चालन गरेको ५० वर्षमा विश्वमा खोपले १५ करोड ४० लाखको जीवन बचाएको अध्ययनले देखाएको छ ।एचपिभीविरुद्धको खोप नियमित खोपमा समावेश गरेका छौँ । एचपिभी भाइरसबाट हुने जोखिलाई कम गर्ने विश्वास छ ।”

सरकारले राष्ट्रिय खोप तालिका बनाएर जन्मेदेखि १५ महिना उमेर समूहका बालबालिकालाई लक्षित गर्दै ११ प्रकारका रोग विरुद्धको नियमित खोप मार्फत निःशुल्क दिँदै आएको छ ।




