निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह

लोकप्रिय

विराटनगर, पुस १२ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपालद्वारा विराटनगरमा आज आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनको उपयोग गर्दै आफ्नो पार्टीलाई सबैभन्दा ठुलो पार्टीको रूपमा स्थापित गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष यादवले संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा सुधार गर्दै निर्वाचनमा जाँदा  उपयुक्त  हुने आफ्नो पार्टीको चाहना रहेको प्रष्ट पार्नुभयो । संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा सुधार गर्न सके जेन्जी युवाहरूले आन्दोलनको क्रममा उठाएका मागहरूलाई सम्बोधन गर्न सहज हुने उहाँको भनाई थियो ।

अहिलेको निर्वाचन प्रणाली महँगो र खर्चिलो भएकाले सबै जातजाति समुदायलाई राज्यको हरेक तह र तप्कामा सहभागी गराउन सबैले निर्वाचन लड्न सक्ने समानुपातिक र समावेशी निर्वाचन प्रणाली अहिले आवश्यक रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष यादवले संविधान संशोधन र त्यसको पुनर्लेखनमा समेत जोड दिनुभयो  । उहाँले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक रहेको बताउनुभयो । ठुला दलले मुलुक चलाउन नसकेका कारण राजनीतिक, आर्थिक तथा नैतिक रूपमा मुलुक सङ्कटग्रस्त अवस्थामा पुगेको बताउनुभयो ।

ताजा समाचार

Related Articles