कमजोर सुरक्षा व्यवस्थाका कारण निर्वाचन हुनेप्रति आशङ्का छः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

हेटौँडा, पुस १६ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले गत भदौमा भएको प्रदर्शनीका क्रममा निजी र सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा नल्याएसम्म निर्वाचन गर्न सहज नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेस मकवानपुरले ५० औँ राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा बुधबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले निर्वाचनबाट कांग्रेस नभाग्ने भन्दै सुरक्षा चुनौतीका बिच कसरी निर्वाचन सम्भव होला भन्ने प्रश्न रहेको बताउनुभयो ।

गत भदौमा भएको प्रदर्शनीका क्रममा लुटिएका हतियार अझै बाहिर छ, कारागारबाट भागेका कैदीबन्दीपछि बाहिर छन् सुरक्षा अवस्था कमजोर मुख्यमन्त्री बानियाँले भन्नुभयो, शान्ति सुरक्षाको अवस्था कमजोर छ, यस्तो अवस्थामा निर्वाचन हुने प्रति आशङ्का छ, निर्वाचनका लागि आवश्यक उचित वातावरण निर्माण सरकारको दायित्व हो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउन सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उहाँले निर्वाचनलाई सफल बनाउन संविधानले व्यवस्था गरेको प्रदेशको अस्तित्वलाई पनि संघीय सरकारले स्वीकार गरेर समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

गणतन्त्र मास्न खोज्नेहरु गणतन्त्रलाई कमजोर बनाउन पार्टी कार्यालयदेखि व्यक्तिका सम्पत्तिसम्म तोडफोड र आगजनीमा लागे, तोडफोड र आगजनीमा लाग्ने पक्षलाई जबसम्म कानुनी दायरामा ल्याइँदैन तबसम्म निर्वाचन हुने अवस्था त्यति सहज छैन उहाँको स्पष्ट भनाई छ । उहाँले अगाडि भन्नुभयो, यो अवस्थामा महिले निर्वाचन हुने सजिलो देखिरहेको छैन ।
मुख्यमन्त्री बानियाँले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउन सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । जेनजीको माग र प्रदर्शनीको क्रममा सामाजिक सञ्जाल बन्द नगरियोस्, भ्रष्टाचारमुक्त, सुशासनयुक्त र स्थायित्वका लागि थियो भन्दै तर माग एकातिर कार्य अर्को तिर भयो र नेपाल नै नरहने जस्तो अकल्पिनीय घटना भएको बताउनुभयो ।
अहिले गणतन्त्रवादी विचार भएका सबै पार्टीहरुबिच एक भएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो, कसिलो र स्थायित्व प्रदान गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।
गणतन्त्र संघीय समावेशी व्यवस्थालाई बलिायो बनाउने धर्म हाम्रो, कांग्रेसले यो व्यवस्थालाई अंगिकार र स्वीकार गरेको छ, अहिलेको मेलमिलापको आवश्यकता रहेको भन्दै कांग्रेसका प्रदेश सभापति बानियाँले राष्ट्रवादीसँगै गणतन्त्रवादी शक्ति एकै ठाउँमा उभिएर लडाई लड्नु पर्ने समय आएको बताउनुभयो ।

कलिलो मनस्थितिका, कलिलो उमेरका जेनजी पुस्ताको माग एकातिर उद्देश्य एकातिर उदण्डता अर्को तिर गरियो । अकल्पनीय अवस्था आएको छ उहाँले भन्नुभयो ।
कार्यक्रममा कांग्रेस मकवानपुरको सभापति बुद्ध लामा र निवर्तमान कार्यबाहक सभापति विष्णु लामिछानेले बिपीको मेलमिलापको नीतिको अझै सान्दर्भिकता रहेको भन्दै कांग्रेसका नेता तथा कार्यकर्ता गुटउपगुटभन्दा माथि उठेर पार्टी संगठन निर्माणमा लाग्नु अहिलेको आवश्यकता भएको जोड दिनुभयो ।

 

ताजा समाचार

Related Articles