देउवा नेतृत्वको काँग्रेस निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध अदालत जाने

लोकप्रिय

ललितपुर, माघ ३ गते ।  शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसले यही माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध कानुनी उपचार खोज्ने भएको छ ।
आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा देउवा नेतृत्व काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्य समितिको  बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
“निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रुपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ,” प्रवक्ता महतले भन्नुभयो ।

ताजा समाचार

Related Articles