मकवानपुर, माघ ४ गते । तामाङ समुदायको साँस्कृतिक पर्व मन्जुश्री सम्वत् २८६२ (ता ल्हो/घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा मकवानपुरका पाँच वटा स्थानीय तहले सावजनिकसार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
ल्होछारको अवसरमा तामाङ बाहुल्य रहेको पाँच वटा गाउँपालिकाले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै माघ ४ र ५ गते गाउँपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मकवानपुरको राक्सिराङ, कैलाश, बकैया, मनहरी र ईन्द्रसरोवर गाउँपालिकाले सावैजनिक बिदा दिएको हो ।
माघ ५ गते माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको अवसरमा गाउँपालिका अध्यक्षहरुले शुभकामना व्यक्त गर्दै यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा जातीय विविधतायुक्त राक्सिराङ्ग गाउँपालिकामा आपसी सद्भाव, सामाजिक एकता, बन्धुत्व, प्रेम र समताको भावना अभिवृद्धि गरी शान्त, समुन्नत तथा समृद्ध पालिका निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तामाङ बाहुल्य रहेकोले खुशीयालीपूवर्क मनाउन सार्वजनिक बिदा अवधिमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संघसंस्था तथा बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछ । सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ”, गाउँपालिकाहरु बताउनुभयो ।




