कर्णालीमा बाह्र सिट: मतदाता दस लाख

लोकप्रिय

सुर्खेत, माघ २२ गते । कर्णाली प्रदेशका १० जिल्लामा १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा समान दुई निर्वाचन क्षेत्र रहँदा अन्य आठ जिल्लामा एक/एक निर्वाचन क्षेत्र छन् । १२ सिटमा १३१ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन आयोग सुर्खेतका अनुसार कर्णाली प्रदेशमा कुल १० लाख ३७ हजार २५० मतदाता रहेका छन् । त्यसमध्ये पाँच लाख ९३ हजार ६१ महिला मतदाता छन् भने पाँच लाख २७ हजार ८८६ पुरुष मतदाता रहेका छन् । तीन जना अन्य मतदाता रहेको प्रमुख निर्वाचन अधिकारी लालबहादुर गुरुङले बताउनुभयो । कर्णालीमा नयाँ र पुरानाबिच यस पटक कडा टक्कर हुने देखिन्छ । कर्णाली प्रदेशमा ९४१ मतदान स्थल रहँदा एक हजार ४३७ मतदान केन्द्र रहेका छन् ।

सुर्खेत क्षेत्र नं. १ बाट १३ जनाको उम्मेदवारी पर्दा सुर्खेत क्षेत्र नं. २ बाट १७ जनाको उम्मेदवारी परेको छ । जिल्लाभर दुई लाख ४८ हजार ९४३ मतदाता रहेको सुर्खेतमा महिला एक लाख २७ हजार ५४ र पुरुष एक लाख २१ हजार ८८९ मतदाता रहेका छन् । सुर्खेत क्षेत्र नं. १ मा एक लाख २२ हजार ९०२ मतदाता रहेकोमा महिला ६२ हजार ५०६ र पुरुष ६० हजार ३९६ जना रहेका छन् । दैलेख क्षेत्र नं. १ मा १० जनाको उम्मेदवारी पर्दा दैलेख क्षेत्र नं. २ मा ११ जनाको उम्मेदवारी परेको छ । जिल्लाभर एक लाख ६१ हजार २०४ मतदाता रहेको दैलेखमा महिला ८० हजार १०५ र पुरुष ८१ हजार ९९ मतदाता रहेका छन् । क्षेत्र नं. १ मा ७९ हजार ७०१ मतदाता रहेकोमा महिला ४९ हजार ८७७ र पुरुष ४९ हजार ८२४ रहेका छन् । क्षेत्र नं. २ मा ८१ हजार ५०३ मतदाता रहेकोमा महिला ४० हजार २२८ र पुरुष ४१ हजार २७५ रहेका छन् ।

हुम्लामा फागुन २१ को चुनावका लागि सात जनाको उम्मेदवारी परेको छ । ३४ हजार ३७२ मतदाता रहेको हुम्ला जिल्लामा १६ हजार ३५१ महिला र १८ हजार ३१ पुरुष मतदाता रहेका छन् । डोल्पामा नौ जनाको उम्मेदवारी परेको छ । २४ हजार ११५ मतदाता रहेको डोल्पामा महिला १२ हजार १८७ र पुरुष ११ हजार ९२८ मतदाता रहेका छन् । मुगुमा यस पटक सात जनाको उम्मेदवारी परेको छ । ३६ हजार ६१ मतदाता रहेको मुगुमा महिला १७ हजार २३३ र पुरुष १८ हजार ५९८ मतदाता रहेका छन् । जुम्लामा १० जनाको जनाको उम्मेदवारी परेको छ । ७१ हजार ७३९ मतदाता रहेको जुम्लामा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष मतदाता रहेका छन् । कालीकोटमा १० जनाको उम्मेदवारी परेको छ । ८४ हजार ६४६ मतदाता रहेको कालीकोटमा महिला ४० हजार ४३ र पुरुष ४४ हजार ६०३ मतदाता रहेका छन् । जाजरकोटमा ११ जनाको उम्मेदवारी परेको छ । एक लाख सात हजार ९१ मतदाता रहेको जाजरकोटमा महिला ५० हजार ३८४ र पुरुष ५६ हजार ७०५ मतदाता रहँदा अन्य मतदाता दुई जना रहेका छन् । सल्यानमा १४ जनाको उम्मेदवारी परेको छ । एक लाख ६२ हजार ४४९ मतदाता रहेको सल्यानमा महिला ७९ हजार १२८ र पुरुष ८३ हजार ३२१ मतदाता रहेका छन् । रुकुमपश्चिममा १२ जनाको उम्मेदवारी परेको छ । एक लाख ६ हजार ६६० मतदाता रहेको रुकुमपश्चिममा महिला ५२ हजार ३९६ र पुरुष ५४ हजार २६३ र एक जना अन्य मतदाता रहेका छन् ।

ताजा समाचार

Related Articles