नेउवामहासङ्घ बागमती प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी

लोकप्रिय

हेटौँडा, चैत १९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
महासङ्घ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठ र वेदबहादुर श्रेष्ठको उम्मेदवारी परेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ (नेउवामहासङ्घ) बागमती प्रदेश कार्यसमितिको आगामी तीन वर्षे कार्यकालको लागि यही चैत २४ गते हेटौँडामा निर्वाचन हुँदै छ ।
अध्यक्षसँगै जिल्ला तथा नगरतर्फको उपाध्यक्ष, एसोसियटतर्फको उपाध्यक्ष, वस्तुगततर्फका उपाध्यक्ष, कोषाध्यक्ष पदमा एक–एक जनाको लागि निर्वाचन हुने महासङ्घका कार्यकारी निर्देशक विवेक मानन्धरले जानकारी दिनुभयो ।

महासङ्घको कार्यकारिणी सदस्य पदका जिल्ला तथा नगरतर्फ पाँच जना तथा एसोसियट र वस्तुगततर्फ दुई–दुई जनाका लागि निर्वाचन हुने छ ।
उहाँका अनुसार जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा कविराज खत्री र कृष्णकुमार गुप्ता तथा वस्तुगततर्फको उपाध्यक्षमा प्रेमहरि मैनाली र राजकुमार दाहाल तथा कोषाध्यक्ष पदमा जीवनकाजी माकजु श्रेष्ठ र रुद्रबहादुर खत्रीको उम्मेदवारी दर्ता भएको छ । , एसोसियटतर्फको उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठको मात्र उम्मेदवारी परेको छ ।
महासङ्घको कार्यकारिणी सदस्यमा जिल्ला तथा नगरतर्फ पाँच जनाका लागि कृष्णमुरारी न्यौपाने, जयप्रकाश श्रेष्ठ, विष्णु खनाल, राजकुमार कंडेल, राजन कार्की र सनत थापा तथा एसोसियटतर्फ दुई जनाको लागि उत्तम शर्मा ढकाल, नवीन देव सिं र प्रदीपमान प्रधानको उम्मेदवारी दर्ता भएको छ । साथै वस्तुगततर्फ दुई जना कार्यकारिणी सदस्यका लागि ज्योतित्न वज्राचार्य र सदिश श्रेष्ठको उम्मेदवारी मनोनयन दर्ताभएको महासङ्घले जनाएको छ ।

महासङ्घ कार्यकारी निर्देशक मानन्धरले एसोसियटतर्फको एक जना उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ तथा वस्तुगततर्फ दुई जना कार्यकारिणी सदस्यमा ज्योतित्न वज्राचार्य र सदिश श्रेष्ठको मात्र उम्मेदवारी मनोनयन दर्ता भएको भन्दै उम्मेदवारको अन्तिम नामावली यही चैत २२ गते प्रकाशनसँगै निर्विरोध निर्वाचित भएको घोषणा गरिने बताउनुभयो ।
अध्यक्ष तथा पदाधिकारी र कार्यकारिणी सदस्य पदको निर्वाचनमा जिल्ला तथा नगरतर्फका ३१, एसोसियटतर्फका १६५, वस्तुगततर्फका २० जना गरी २१६ जनाले मताधिकार रहेको छ ।
उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको नवौँ प्रदेश सभा हेटौँडामा चैत २३ गते हुने छ ।

ताजा समाचार

Related Articles