काठमाडौँ, चैत २० गते । प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गर्नु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा गण्डकी प्रदेशका विकास आयोजना, बजेट कार्यान्वयन, तथा संघ–प्रदेश र स्थानीय प्रदेश बीचको समन्वयका विषयमा छलफल भएको बताएको छ ।

यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र मधेश प्रदेशका संघीय सांसदहरूसँग पनि यस्तै छलफल गरिसक्नुभएको छ। सरकारले सबै प्रदेशका जनप्रतिनिधिसँग नियमित संवादमार्फत समग्र विकासलाई अघि बढाउने रणनीति लिएको बताइएको छ।




