काठमाडौँ, वैशाख २८ गते । सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

निजामती कर्मचारीलाई तटस्थ बनाउने, दलसँग आवद्धता भएमा जागीरबाटै हटाउनेसम्मको नीति सरकारले लिएको छ । सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेर’ ‘डिजिटल’ सेवालाई प्रवर्धन गर्ने लगायतका नीति कार्यक्रम अघि सारिएको छ । नीति तथा कार्यक्रमको पूर्णपाठः




