हेटौँडाको मत्स्य केन्द्रको अतिक्रमित जग्गाबाट संरचना हटाउन सात दिने अल्टिमेटम

लोकप्रिय

हेटौँडा, जेठ ८ गते । हेटौँडा उपमहानगरपालिका वडा नं ५ मा रहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रको जग्गा अतिक्रमण गरी बनाइएको घर, टहरालगायतका संरचना केन्द्रले हटाउने भएको छ । केन्द्रको जग्गा केही व्यक्तिले वर्षौँदेखि अतिक्रमण गरी कब्जा जमाउँदै भोगचलन गर्दै आएकाले त्यसलाई हटाउने प्रक्रिया थालिएको हो ।

केन्द्रको जग्गामा अतिक्रमण गरी संरचना बनाएर बसेको छ जना व्यक्तिलाई ती संरचना हटाउन भन्दै केन्द्रले शुक्रबार एक हप्ते सार्वजनिक सूचना जारी गरेको छ । अतिक्रमण गरेर बनाइएका घर, टहरालगायतका संरचना हटाउन केन्द्रले यसअघि पनि सूचना जारी गर्दै आएपनि आली गराउन सकेको छैन ।
केही व्यक्तिले जग्गा अतिक्रमण गरी जस्ताको टहरा बनाएको, पसल सञ्चालन गरेको, बारी अतिक्रमण गरेको तथा टहरा र पक्की घर बनाएर रेस्टुरेन्ट सञ्चालन गर्न भाडामा समेत दिएको पाइएको छ ।
केन्द्रका प्रमुख सरोजकुमार यादवले केन्द्रको जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरालगायतका संरचना हटाउन सातदिने सूचना जारी गरिएको जानकारी दिनुभयो । केन्द्रको करिब चार कट्ठा जग्गा व्यक्ति विशेषको अतिक्रमणमा परेको भन्दै उहाँले ती जग्गामा बनेका घर, टहरा, होटल, रेस्टुरेन्ट लगायतका सबै संरचना सात दिनभित्र खाली गरिसक्नुपर्ने भन्दै उहाँले तोकिएको समयभित्र संरचना नहटाए केन्द्र आफैँले हटाउने र यसरी जग्गा खाली गराउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्तिबाटै असुलउपर गरिने बताउनुभयो ।

ताजा समाचार

Related Articles