तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

लोकप्रिय

काठमाडौँ, जेठ १० गते । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त गरिएको छ ।
सभापति गगन थापाले आइतबार काठमाडौंका कोइरालालाई अध्यक्ष नियुक्त गर्नुभएको हो ।
तरूण दलको तदर्थ समितिका अध्यक्ष विद्वान गुरूङले पदबाट राजीनामा दिएपछि तरण दलको अध्यक्ष पद रिक्त रहेको थियो ।

तोकिएको समयमा महाधिवेशन गराउन नसकेपछि गुरुङले अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो।
सभापति थापाले तोकिएको समयभित्रै तरूण दलको महाधिवेशन गर्ने गरी नौ बुँदे कार्यादेश र कार्यविवरण सहित अध्यक्ष पदको जिम्मेवारी कोइरालालाई दिनुभएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

 

ताजा समाचार

Related Articles