उनेपाको प्रदेश अध्यक्षमा चुनावकुमार वल चयन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ११ गते । उज्यालो नेपाल पार्टीको बागमती प्रदेश अध्यक्षमा चुनाव कुमार वल (प्रविन) चयन हुनुभएको छ ।
उक्त पार्टीको त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबाट प्रदेश कार्यसमिति गठन गरिएको हो ।

नवगठित कार्यसमितिको वरिष्ठ नेतामा सूर्यमान तामाङ, उपाध्यक्षहरुमा कृष्ण लामा, गौतम कर्मचार्य, विनोद महर्जन, गोपिलाल तामाङ र क्षितिज लामा रहनुभएको छ । यस्तै मुख्य सचिवमा जयन कुमार मोक्तान, सचिवद्वयमा राम प्रसाद कालाखेती र चक्र घिसिङ, सहसचिवद्वयमा पदम गोले र विकास ग्यावा, कोषाध्यक्षमा रीता श्रेष्ठ र प्रवक्तामा पदम बहादुर घिसिङ चयन हुनुभएको छ ।
काठमाडौँ जिल्ला इन्चार्ज तथा बागमती प्रदेश सचिवालय सदस्यमा विक्रम ताम्राकारलाई चयन गरिएको छ ।

ताजा समाचार

Related Articles