प्रतिव्यक्ति आय १५३५ अमेरिकी डलर

लोकप्रिय

काठमाडौँ, जेठ १३ गते । चालु आर्थिक बर्षमा मुलुकको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान सरकारले गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक बर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो अनुमान प्रस्तुत गर्नुभएको हो । आर्थिक सर्वेक्षण अनुसार बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत भन्दा कम रहेको छ । मुलुकको कुल अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ र प्रतिव्यक्ति कुल राष्ट्रिय आय १५३५ अमेरिकी डलर, कुल ग्राहस्थ उत्पादनमा कृषि र गैरकृषि क्षेत्रको योगदान क्रमश: २४ प्रतिशत र ७६ प्रतिशत रहने अनुमान पनि सरकारले गरेको छ ।

जसमध्ये बागमती प्रदेशको योगदान ३६.७ प्रतिशत रहेको छ । फागुन मसान्तसम्म औसत मुद्रास्फिति २.१३ प्रतिशत रहेको भन्दै अर्थमन्त्री डा. वाग्लेले फागुन महिना सम्म ३.२ प्रतिशतले संघीय राजस्व र संघीय खर्च १०.४ प्रतिशतले बढेको छ । यस अवधिमा पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन नसकेको स्विकार गर्दै सरकारले सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको र यो कुल ग्राहस्थ उत्पादनको ४३.६ प्रतिशत रहेको पनि अर्थमन्त्रीले सदनलाई जानकारी गराउनुभयो । व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुगेको,विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको र विदेशी विनिमय सञ्चिति ३४ अर्ब १४ अर्ब पुगेको छ । यस रकमले १८.५ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको पनि अर्थमन्त्री वाग्लेले जानकारी गराउनुभयो ।

यसअवधिमा डिजिटल भुक्तानीमा उल्लेख्य सुधार भएको र क्यु आर कारोबार १ खर्ब २५ अर्ब नाघेको छ । चालु आर्थिक बर्षमा धानको उत्पादन भने ४.२० प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टन भएको छ । फागुन मसान्तसम्म ४१०५ मेगावाट उत्पादन जडित क्षमता भई ९९ प्रतिशत जनतामा विद्युत सेवा पुगेको, प्रति पर्यटक बसाई अवधि १६.३४ पुगेको तथा मानव विकास सुचकांक ०.६२२ र औसत आयु ७१.३ बर्ष पुगेको पनि आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । फागुन मसान्तसम्म स्वास्थ्य बीमामा २१ लाख ४९ हजार, सामाजिक सुरक्षा भत्तामा ३६ लाख ४२ हजार, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५१ हजार नागरिक आबद्ध भएको तथ्याङ्कसमेत अर्थमन्त्रीले प्रस्तुत गर्नुभयो । सन् २०२५ मा नेपालले कार्बन व्यापारबाट ३.६ करोड अमेरिकी डलर आर्जन गरेको छ । दिगो विकास लक्ष्य सुचकाङ्कमा ६८.५८ अंकसहित नेपाल १६७ मुलुकमध्ये नेपाल ८५ औं स्थानमा रहेको पनि अर्थमन्त्रीले बताउनुभयो ।

ताजा समाचार

Related Articles