प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

लोकप्रिय

काठमाडौँ, जेठ १८ गते।  प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीले अवरोध जारी राखेपछि बैठक भोली सम्मका लागि स्थगित भएको छ । नेपाल र भारतको सीमानाका विषयमा प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभाको बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरुले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो ।

सभाको दोस्रो बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध सुरु गर्नुभएको थियो । त्यसपछि सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो ।

सभामुख अर्यालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो कुर्सीबाट उभिएर  निरन्तर विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक स्थगित गर्नुभएको हो ।

ताजा समाचार

Related Articles