कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय

काठमाडौँ, असार १३ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार राति कोशी प्रदेशका पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेस र बागती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अबको तीन, चार दिनमा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको सम्पूर्ण भूभागमा मनसुन विस्तार हुने सम्भावना छ ।

भोलि आइतबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशका तराई भूभाग र लुम्बिनी प्रदेशको पश्चिम तराई क्षेत्रको थोरै स्थानमा तातो लहरको सम्भावना छ । पर्सी सोमबार कोशी प्रदेशका पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । यसैगरी, कोशी प्रदेशको तराई र मधेसको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

ताजा समाचार

Related Articles