गोदावरीको मनकामना मन्दिर परिसरमा वृक्षरोपण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २१ गते । ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको मनकामना मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा डिभिजन वन कार्यालय, ललितपुरका प्रमुख संयोग बस्नेत, वडा नं. ५ का वडाध्यक्ष मिलन सिलवाल, लेले प्रहरी चौकीका प्रमुख धर्म खड्का, वन उपभोक्ता समितिका अध्यक्ष अर्विन सिलवाललगायत स्थानीय जनप्रतिनिधि, वनकर्मी, प्रहरी तथा स्थानीयको सहभागिता रहेको थियो ।

मन्दिर परिसरमा गरिएको वृक्षरोपणले वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा धार्मिक क्षेत्रको सौन्दर्यीकरणमा सहयोग पुग्ने जनाइएको छ ।
डिभिजन वन कार्यालय, ललितपुरका प्रमुख बस्नेतले वृक्षरोपणले माटो कटान नियन्त्रण, जैविक विविधताको संरक्षण, जलस्रोत संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

साथै हराभरा र व्यवस्थित मन्दिर परिसरले धार्मिक पर्यटनलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ । सामूहिक वृक्षरोपण कार्यक्रमहरूले ‘हरित वडा, स्वच्छ वातावरण र समृद्ध पर्यटन’ को अभियानले भावी पुस्ताका लागि स्वच्छ, सुरक्षित र हराभरा वातावरण निर्माणमा सहयोग पुग्ने कार्यक्रममा बताइएको थियो ।

ताजा समाचार

Related Articles