स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको उद्घाटन

लोकप्रिय

हेटौँडा, असार ३२ गते । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित प्रिफ्याब भवनको उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकार मातहत रहेको प्रतिष्ठानको बुधबार बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
हेटौँडा उपमहानगरपालिका १० मा निर्माण गरिएको उक्त भवन आठ करोड ६१ लाख रुपियाँ लागतमा निर्माण भएको हो । उक्त भवन सञ्चालनमा आएसँगै प्रतिष्ठानका विभिन्न स्थानमा सञ्चालन हुँदै आएका कक्षा र प्रशासनिक गतिविधिलाई केन्द्रिकृत गर्न सहज हुने जनाइएको छ ।
सो अवसमा पौडेलले संघीय सरकारको अनुदानबाट सुरु गरिएको स्थायी भवन निर्माणमा भएको ढिलाइले प्रतिष्ठानको संस्थागत विकासमा समस्या ल्याएको बताउनुभयो ।
स्वास्थ्य मन्त्री थापाले प्रदेश सरकारको स्वास्थ्य क्षेत्रमा लगानीसँगै स्वास्थ्य क्षेत्रमा सुधार आएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवालीले प्रतिष्ठानलाई सबै पक्षको सहयोग आवश्यक भएको बताउनुभयो ।

 

ताजा समाचार

Related Articles