काठमाडौँ, साउन ३ गते । साविक उपविजेता फ्रान्सलाई हराउँदै इङ्ल्यान्ड फिफा विश्वकप–२०२६ मा तेस्रो भएको छ । अमेरिकाको मायामी स्टेडियममा आइतबार बिहान तेस्रो स्थानका लागि खेलिएको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई ६–० गोलले हरायो ।

पहिलो हाफमा ४–० गोलको अग्रता लिइको इङ्ल्यान्डले दोस्रो हाफमा दुई गोल थपेको हो । यता पहिलो हाफमा दबाब झेलेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपनि हार टार्न सकेन ।

इङ्ल्यान्डको जितमा बुकायो साकाले ह्याट्रिक पूरा गर्नुभयो । उहाँले ३७, ४५ र ८७औँ मिनेटमा गोल गर्नुभएको थियो । यस्तै डेक्लन राइसले खेल सुरु भएको तेस्रो मिनेटमै खाता खोल्नुभयो । एज्री कोन्साले १८औँ र जुड बेलिङ्घमले दोस्रो हाफको इन्जुरी समयमा उत्कृष्ट गोल गर्दै टोलाईलाई सानदार जित दिलाउनुभयो ।

यस्तै फ्रान्सका लागि कप्तान केलियन एमबाप्पेले ४८औँ र ६६औँ मिनेटमा दुई गोल गर्नुभयो । ब्राड्ली बार्कोलाले ५४औँ औसमाने डेम्बेलेले दोस्रो हाफको अतिरिक्त समयमा एक एक गोल गर्नुभयो ।




