हेटौँडा, साउन १६ गते । मकवानपुर हुँदै जाने अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार आयोजना निर्माणको तयारी थालिएको छ ।
अमलेखगञ्ज–चितवन ९लोथर० पेट्रोलियम पाइपलाइन विस्तार तथा लोथरमा ग्रिनफिल्ड टर्मिनल परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको शुक्रबार हेटौँडामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
भारतबाट आयात हुँदै आएको पेट्रोलियम पदार्थ पाइपलाईनको माध्यमबाट आयात गर्ने उद्देश्यले बनाइएको रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन आयोजनालाई विस्तार गर्दै अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६०।२४१ किमि लम्बाईको पेट्रोलियम पाइपलाईन तथा लोथरमा ग्रिनफिल्ड टर्मिनल निर्माण गरिनेभएको छ । पाइपलाईन भारतको सहयोगमा र ग्रिनफिल्ड टर्मिनल नेपाल आयल नियम लिमिटेडको लगानीमा बन्नेभएको हो ।
अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाको सुरु विन्दु बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोबाट सुरु भई चितवन जिल्लाको राप्ती नगरपालिका १ लोथर अन्तिम विन्दु रहेको छ ।
मकवानपुरतर्फ हेटौँडा उपमहानगरपालिका १५ चुरियामाई मन्दिर नजिकै बरको रुख हुँदै चुरे बगरबाट कर्रा खोला, राप्ती खोलाबाट पूर्वपश्चिम राजमार्गको क्षेत्राधिकार मार्गको किनार भएर चितवनको लोथर पुग्ने छ ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ९ का वडाध्यक्ष सुकराम केसीले पेट्रोलियम पाइपलाइन जाने हेटौँडा ९ मा बाइपास सडक, हाइटेन्सनलाइृन रेललगायतका प्रस्तावित आयोजना प्रभावित क्षेत्रसमेत भएकोले अन्तर निकाय समन्वय नहुँदा समस्या आउने भन्दै पर्यापर्यटनमा कम क्षति हुने गरी आयोजना निर्माण हुनुपर्ने बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिका १९ का वडाध्यक्ष नरनाथ सुवेदीले खानेपानी आयोजनामा क्षति नहुने गरी पेट्रोलियम पाइपलाइन विस्तार गर्नुपर्ने सुझाउँदै परियोजना निर्माणका क्रममा रुख काट्नेभन्दा जोगाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै हेटौँडा उपमहानगरपालिका ११ का वडाध्यक्ष जुना दाहालले परियोजना विस्तारका क्रममा खानेपानीका पाइपलाइनमा क्षति नहुने गरी काम गर्नुपर्ने बताउनुभयो ।
परियोजनाका परामर्शदाताका तर्फबाट ईन्जिनियर निरञ्जन श्रेष्ठले पाइपलाईन विस्तार क्षेत्रमा निजी जग्गा नपर्ने भन्दै पाइपलाइनका लागि दुई अर्ब ६८ करोड र ग्रिनफिल्ड टर्मिनलका लागि छ अर्ब १३ करोड रुपियाँ निर्माण लागत रहेको जानकारी दिनभयो । उहाँले जमिनमुनी गाडिने पेट्रोलियम पाइपलाइनको डायमिटर९व्यास० १०।७५ ईञ्च हुने र पाइप न्यूनतम १।२ मिटर गहिराईमा पुरिने बताउनुभयो ।
डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत वसन्तराज गौतमले वन क्षेत्रमा हुने क्षतिको परिपूर्ति सुनिश्चित हुनुपर्ने बताउनुभयो ।
निगमका उपनिर्देशक रामहरि निरौलाले आयोजना सम्पन्न अवधि ५४ महिना रहेकोमा १२ महिना सकिएको भन्दै परियोजना निर्माणदेखि सञ्चालनसम्ममा सुरक्षाका सबै उपाय अपनाइने बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय अभ्यास र पछिल्लो प्रविधिको प्रयोग गरी परियोजना निर्माण हुने छ ।
यस्तै निगमका उपप्रबन्धक ऋणिराम शर्माले पाइपलाइन विस्तारका लागि निर्माण सुरुभएको ३० महिनाभित्रमा विछ्याउने काम पूरा गर्ने योजना रहेको भन्दै रक्सौल–अमलेखगञ्ज पाइपलाईन विस्तारपछि ढुवानीलगायतका खर्चमा वार्षिक ८०–८५ करोड रुपियाँसम्म बचत भइरहेको बताउनुभयो । पाइपलाईन विस्तारपछि गुणस्तरमा सुनिश्चिततासँगै ट्राफिक समस्या कम गर्नसमेत सहयोग पुग्ने उहाँको भनाई छ ।
आयोजनाको पाइपलाइन मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको १४, ९, १०,११, १२, ३, १९ तथा मनहरी गाउँपालिकाको ९,८,७ र ६ भएर चितवनको लोथर जाने छ ।
हेटौँडा, साउन १६ गते । मकवानपुर हुँदै जाने अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार आयोजना निर्माणका क्रममा आयोजना क्षेत्रमा हुने वातावरणीय क्षति न्यूनीकरण गर्न स्थानीयले माग गरेका छन् ।
अमलेखगञ्ज–चितवन ९लोथर० पेट्रोलियम पाइपलाइन विस्तार तथा लोथरमा ग्रिनफिल्ड टर्मिनल परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको शुक्रबार हेटौँडामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरुले खानेपानी, रुख कटान, वन्यजन्तुलगायतका सवालमा चासो राख्दै पाइपलाइन विस्तार क्षेत्रमा वातावरणीय क्षति कम हुने गरी परियोजना कार्यान्वयन गर्न माग गरेका हुन् ।
नेपाल आयल निगम लिमिटेडले आयोजन गरेको सो कार्यक्रममा सहभागीहरु परियोजना निर्माणका क्रममा अन्तर निकाय समन्वय अभाव रहेको औँल्याएका थिए ।
मकवानपुरमा पेट्रोलियम पाइपलाइन विस्तार क्षेत्रमा निकुञ्ज, खानेपानीको मुहान, सामुदायिक वन, सालक संरक्षित क्षेत्र, स्थानीय खोलामा रैथाने जलचरको बासस्थान रहेको भन्दै सहभागीहरुले पर्यावरण संरक्षण र सार्वजनिक एवं स्थानीय बासिन्दाको भौतिक सम्पत्तिमा नोक्सानी कम हुने गरी परियोजना निर्माणको प्रारुप बन्नुपर्नेमा जोड दिएका थिए ।
भारतबाट आयात हुँदै आएको पेट्रोलियम पदार्थ पाइपलाईनको माध्यमबाट आयात गर्ने उद्देश्यले बनाइएको रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन आयोजनालाई विस्तार गर्दै अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६०।२४१ किमि लम्बाईको पेट्रोलियम पाइपलाईन तथा लोथरमा ग्रिनफिल्ड टर्मिनल निर्माण गरिनेभएको छ । पाइपलाईन भारतको सहयोगमा र ग्रिनफिल्ड टर्मिनल नेपाल आयल नियम लिमिटेडको लगानीमा बन्नेभएको हो ।
अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाको सुरु विन्दु बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोबाट सुरु भई चितवन जिल्लाको राप्ती नगरपालिका १ लोथर अन्तिम विन्दु रहेको छ ।
मकवानपुरतर्फ हेटौँडा उपमहानगरपालिका १५ चुरियामाई मन्दिर नजिकै बरको रुख हुँदै चुरे बगरबाट कर्रा खोला, राप्ती खोलाबाट पूर्वपश्चिम राजमार्गको क्षेत्राधिकार मार्गको किनार भएर चितवनको लोथर पुग्ने छ ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ९ का वडाध्यक्ष सुकराम केसीले पेट्रोलियम पाइपलाइन जाने हेटौँडा ९ मा बाइपास सडक, हाइटेन्सनलाइृन रेललगायतका प्रस्तावित आयोजना प्रभावित क्षेत्रसमेत भएकोले अन्तर निकाय समन्वय नहुँदा समस्या आउने भन्दै पर्यापर्यटनमा कम क्षति हुने गरी आयोजना निर्माण हुनुपर्ने बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिका १९ का वडाध्यक्ष नरराज सुवेदीलेले खानेपानी आयोजनामा क्षति नहुने गरी पेट्रोलियम पाइपलाइन विस्तार गर्नुपर्ने सुझाउँदै परियोजना निर्माणका क्रममा रुख काट्नेभन्दा जोगाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।