मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते

लोकप्रिय

नवलपरासी, साउन १७ गते । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका २ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार दुई जना घाइते भएका छन् ।
सिद्धार्थ सिटी अस्पताल, भैरहवामा उपचारको क्रममा मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहानको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ वस्ने ३६ वर्षीय कमल रानाको उपचार भई रहेको नेपाल प्रहरीले जनाएको छ ।
भारतीय नम्बर प्लेटको यूपी ५७ बिपी ४१६२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

Related Articles