सुनसरीबाट निषेधज्ञा हट्यो

लोकप्रिय

इटहरी, साउन १८ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी रहेको निषेध आदेश पूर्ण रूपमा हटाएको छ। पछिल्ला दिनमा जिल्लाको शान्ति–सुरक्षा अवस्था उल्लेख्य रूपमा सुधार भएको निष्कर्षसहित प्रशासनले सोमबार साँझदेखि निषेध आदेश हटाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा सोमबार साँझ जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू गरिएको निषेध आदेश पूर्ण रूपमा हटाइएको हो। प्रशासनले जिल्लाको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दा अवस्था क्रमशः सामान्य बन्दै गएको छ । जनजीवन सहज रूपमा सञ्चालन हुन थालेको तथा शान्ति–सुरक्षाको अवस्था सन्तोषजनक देखिएकाले निषेध आदेश हटाइएको जनाएको छ।

देवानगञ्जमा भएको साम्प्रदायिक तनावपछि सम्भावित अप्रिय घटना रोक्न प्रशासनले चरणबद्ध रूपमा जिल्लाका विभिन्न स्थानीय तहमा निषेध आदेश जारी गरेको थियो।

ताजा समाचार

Related Articles