बागमतीका नवनियुक्त मन्त्री बज्राचार्यद्वारा सपथ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १९ गते । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रममा बज्राचार्यलाई मन्त्री पदको पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिशमा मन्त्रीपरिषद् पुनर्गठन तथा कार्यविभाजन गर्नुभएको थियो ।
हाम्रो नेपाली पार्टीका प्रदेश सभा सदस्य बज्राचार्यले सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुखले मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मङ्गलबारनै मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
पुनर्गठित मन्त्रीपरिषद्मा शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाल कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी प्रभात तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

ताजा समाचार

Related Articles