राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण

लोकप्रिय

काठमाडौं, भदौ ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छायाँ दर्शन गर्नुभएको छ ।

चाँगुनारायण कलश यात्राका पुजारीसहितका सहभागी आज साँझ राष्ट्रपति भवन शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गर्नुभएको थियो ।

भक्तपुरस्थित चाँगुनारायण मन्दिरबाट नारायण, लक्ष्मी र सरस्वतीको प्रतिकका रूपमा तीनवटा कलश पैदल यात्रा गराएर काठमाडौँको हनुमान ढोका तथा वसन्तपुर ल्याउने गरिन्छ । त्यहाँ विधिपूर्वक पूजा सम्पन्न भएपछि राष्ट्रप्रमुखले कलशमा आफ्नो छाँया दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गर्ने परम्परा छ ।

ताजा समाचार

Related Articles