पार्टीलाई एकतावद्ध बनाएर राख्छौँ

लोकप्रिय

काठमाडौँ, असोज १ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले  सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकवद्ध बनाएर राख्ने बताउनुभएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको वैठकको सुरुआतमा सभापति थापाले पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भएको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताउनुभयो ।
“अड्किएका सबै कुरा सम्बोधन भएका छन्, नेपाली कांग्रेस एउटा परिवार हो, सबैलाई समेटेर जान्छौँ, तोकिएको तिथिमा अधिवेशन गर्नुपर्ने कुरामा हामी बाँधिएका छौँ, हामी सबै एक ठाउँमा उभिएर रहेका छौँ, सँगै बसेर अधिवेशन गर्नु नपर्ने कुनै कुरा छैन, पार्टीलाई एक बनाउने भनेको नेता मात्रै मिलाउने हैन, रिसाएर कांग्रेस छोडेकाहरुलाई जोड्नु आवश्यक छ, यही असोज १६ गते खुला मञ्चमा महाधिवेशन उद्घाटन गर्छौँ,” सभापति थापाले भन्नुभयो ।
सभापति थापाले पार्टीको महाधिवेशन टुङ्ग्याएर जनतासामु जाने उल्लेख गर्दै देशभरका पार्टी कार्यकर्ता तथा नेताहरूलाई एकतावद्ध हुन आग्रह गर्नुभयो । उहाँले पार्टीभित्र कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्ने रूपमा नभई सबैले केही न केही लचकता अपनाएर पार्टीको हितमा सहमति गरेको विषयका रूपमा लिन आग्रह गर्नुभयो ।

ताजा समाचार

Related Articles